Welcome to this blog, you can find notes of all HSEB syllabus here. If you have any comment please leave down there and visit again. Thank you

Friday, February 15, 2013

सरस्वतीको प्रार्थना

सरस्वतीको प्रार्थना
सरस्वती, सुन्दर मूर्ति तिम्रो
कस्तो अहो, उज्जवल रूप तिम्रो
छ्यौ हाँसका वाहनमा चढेकी
सेतो सफा पैरनमा खुलेकी
वीणा लिएको कर एक तिम्रो
किताब अर्को करमा छ तिम्रो
देवी, तिमी बुद्धि-विवेक दिन्छ्यौ
मुहान विद्याहरूकी तिमी हौ
आमा तिमीमा अति भक्ति राखी
तिम्रा दुई कोमल पाउमाथि
झुकाउँदै माथ प्रणाम गर्छौँ
विद्या मिलोस् आसिक नित्य माग्छौँ
पढ्छौँ सधैँ पढ्न सिकाइदेऊ
लेख्छौँ सधैँ लेख्न लगाइदेऊ
अज्ञानको नाश गराइदेऊ
सरस्वती, ज्ञान बढाइदेऊ

No comments:

Post a Comment