Grade 11 HSEB routine 2070 |
Grade 12 HSEB routine 2070 |
गाई - शिवगोपाल रिसाल | |
गाई हाम्रो पशुधन, गोठको शोभा गाई गाईजस्तो अरू छैन गाउँघरलाई गाई पाल्ने देश हाम्रो गाईलाई मान्छ वर्षैपिच्छे तिहारमा गाईको पूजा हुन्छ अरूभन्दा तागतिलो दूध यसले दिन्छ दूधबाट दही बन्छ, दहीबाट घिउ दूध, दही, घिउ खाँदा राम्रो हुन्छ जीउ खेतबारीमा हाल्ने मल गोबरबाट बन्छ मर्दा-पर्दा, धर्म गर्दा गौदान गाईकै हुन्छ गुइँठो पारेपछि गोबर बाल्न पनि हुन्छ गाई आमा पनि भन्छौँ हामी गाईलाई हामी गाईको माया गर्छौँ गाईका धेरै गुन यो राष्ट्रिय जनावर नेपालको धन |
सरस्वतीको प्रार्थना | |
सरस्वती, सुन्दर मूर्ति तिम्रो कस्तो अहो, उज्जवल रूप तिम्रो छ्यौ हाँसका वाहनमा चढेकी सेतो सफा पैरनमा खुलेकी किताब अर्को करमा छ तिम्रो देवी, तिमी बुद्धि-विवेक दिन्छ्यौ मुहान विद्याहरूकी तिमी हौ तिम्रा दुई कोमल पाउमाथि झुकाउँदै माथ प्रणाम गर्छौँ विद्या मिलोस् आसिक नित्य माग्छौँ लेख्छौँ सधैँ लेख्न लगाइदेऊ अज्ञानको नाश गराइदेऊ सरस्वती, ज्ञान बढाइदेऊ |
मने हाम्रो साथी | |
मने हाम्रो साथी कति राम्रो पाठी! मने घरी-घरी नाच्छ वरिपरि आँगन, बारी डुली खेल्छौँ मिलीजुली पानी खान्छ चर्छ छुनुमुनु गर्छ म्याँम्याँ मने फुरुक्क उफ्रिदिन्छ बुरुक्क मने हाम्रो साथी कति राम्रो पाठी! |
बिहानीको गीत - गणेश 'विषम' | |
चिरबिर गर्छ गौँथली हाम्रै घर आँगनमा फुरफुर गर्छ पुतली हाम्रै फूलबारीमा हाम्रा राम्रा वनचरी बिहानी पो डाक है आजभन्दा भोलि झन् अझ राम्रो पार है हाम्रै वन डाँडामा तिमीहरू झुलेर हामी त बालक साना छौँ सबै राम्रो देख्दछौँ बारीकै फूल टिपेर बिहानीलाई पुज्दछौँ पहेँलपुर भुइँमा हिमाली पाखा चम्किए धोबिनी चरी बसेर फूलबारीमा गाउँछे विकासको बिहानी सूर्यसँगै आउँछे |
कानाकाना कुर्र - दैवज्ञराज न्यौपाने | |
कानाकाना कुर्र नानी दौड्यो खुर्र चरी उड्यो भुर्र कानाकाना कुर्र तल घाम लाग्यो बतास चल्छ हुर्र कानाकाना कुर्र यस्तै खेल खेली मन हुन्छ फुर्र कानाकाना कुर्र |
बिचरी चरी - लेखनाथ पौड्याल | |
वर्षा याम एक दिन ठुलो पानी पर्यो काला-काला बादलुले सेता गेडी झार्यो त्यही रूखमा गुँड लगाई बस्थे दुइटा चरी आफ्नै काम गरी गरी दिन बिताउँथे बतासले हाँगो लुछ्यो गुँड पुग्यो तल आज तिनको दुःख बुझ्ने ज्ञानी मान्छे हुन्छ |
ताराबाजी लै लै | |
ताराबाजी लै लै मामा आए घोडा माइजू आइन् डोली पापा ल्याइन् सोली बाँडी खाउँला भोलि बुबु-माम सुपुक्क काफलगेडी कुटुक्क निदाइजाऊ लुटुक्क। |
कमिलाको ताँती - माधवप्रसाद घिमिरे | |
हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो लगातार अगाडि बढ्छ लावालस्कर आज जान्छ जन्ती यो कुन देश कुन घर कहाँ होलिन् दुलही सुनकेस्राझैँ सुन्दर राखेको छ ढोकामा सेतो छाता च्याउको पहारिलो कान्लामा सानु-सानु दुलो छ बाहिर त्यहाँ धूलो छ भित्र दरबार ठुलो छ आकाशकी इन्द्रेणी धर्तीभित्र पस्छिन् रे कमिलाकी रानीको आज बिहा हुन्छ रे घामपानी परेको आज राम्रो दिन छ रे |
पाप लाग्छ - लक्ष्मीप्रसाद देवकोटा | |
नटिप्नु हेर कोपिला नचुँड्नु पाप लाग्दछ नच्यात्नु फुल नानी हो दया र धर्म भाग्दछ सराप आँसु लाग्दछ नमार्नु जन्तु है कुनै बसेर काल जाग्दछ सडेर चित्त पाक्दछ धुलो नफेक्नु नानी हो उडेर भित्र ढाक्दछ खराब दाग लाग्दछ न चित्त है दुखाउनु डसेर आँसु बग्दछ हँसाउनू सुवास दी सधैँ रमाउनू जगत् रमेर नित्य आस दी छ सुन्नु त्यो विचार रे छकाउने लुकाउने नराख भाव क्यै गरे |
मेरो सानो खरायो - कल्पना प्रधान | |
मेरो सानो खरायो आज कता हरायो। घर भित्रै भुलेथ्यौँ को पहिला पुग्ने हो भन्दै हामी कुदेथ्यौँ। आज कता हरायो। डुब्न लाग्यो घाम कसले देला बुबु उसलाई कसले देला माम। आज कता हरायो। गर्छ म्याउँ-म्याउँ खोजी गर्न लौन आमा हामी सँगै जाऔँ। आज कता हरायो। आँगनीमा पुग्यो कि भालु आई चोरेर जङ्गलतिर लग्यो कि आज कता हरायो। |
कुखुरी काँ बासी भात खाँ। खोइ बासी भात? बिरालोले खायो। खोइ बिरालो? मुसो मार्न गयो। खोइ मुसो? दुलोभित्र पस्यो। खोइ दुलो? गाईले कुल्चियो। खोइ गाई? खोलोले बगायो। खोइ खोलो? सुक्यो। |
सरस्वती मया दृष्टा | |
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी सप्तमं चैव कौमारी अष्टमं वरदायिनी एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती |